यू-१९ एसिया कपमा नेपाल र कुवेत भिड्दै

106

युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समय अनुसार बिहान ११:१५ बजेबाट खेल सुरु हुनेछ।

invotech

नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

समूह बी मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पारजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। आज कुवेतलाई हराएर सान्त्वना जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

नेपाल र  कुवेत दुबै टोलीले अंक जोड्न सकेको छैनन् ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेका छन्।