प्रशिक्षक पुबुदु दशानायके नेपाल आइपुगे

107

१३ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायके नेपाल आएका छन् । हालै प्रशिक्षकमा नियुक्त भएका उनी मंगलबार नेपाल आएका हुन् ।

पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो

गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि मंसिर अन्तिम हप्ता नयाँ मुख्य प्रशिक्षक पाएको हो ।

नेपालले २०२२ को फेब्रुअरीमा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसकै प्रशिक्षणका लागि उनी नेपाल आएका हुन् ।