‘कोरोना भाइरसको सुनामीको खतरा’

60

एजेन्सी,  पौष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रन र डेल्टाले कोरोना भाइरसको सुनामी ल्याउने खतरा औल्याएको छ । विश्वभर व्यापक रुपमा कोरोना संक्रमणको वृद्धि भएसँगै डब्लुएचओले यस्तो खतरा औल्याएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस आडानोमगेब्रेससले किर्तिमानी कोरोना संक्रमणको वृद्धि भइरहेको भन्दै डरलाग्दो अवस्थाको खतराबारे बोलेका हुन् । यसलाई कोरोना भाइरसको सुनामीको संज्ञा दिएका छन् ।

बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको थियो । डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको थियो । यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ । ओमिक्रन र डेल्दा मिलेर कोरोना भाइरसको सुनामी आउने खतरा देखाइएको छ ।

पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । युरोपमा एकै दिन २ लाखभन्दा बढी संक्रमित थपिएका छन् । अष्ट्रेलियामा पनि संक्रमण बढेको छ ।