बिहानैदेखिको हुस्सु र कुहिरोले आन्तरिकदेखि अन्तर्राष्ट्रिय उडान ठप्प, तीन सय ८० उडान अवतरण प्रभावित हुने

15

काठमाडौं : मौसम प्रतिकुलताका कारण शुक्रबार बिहानैदेखिको उडान प्रभावित भएका छन् भिजीबलीटी नै निल भएपछि यतिखेर आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको दर्जनौँ उडान होल्डमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।

‘अहिले भिजीबिलिटी निलै छ। अन्तर्राष्ट्रिय र आन्तरिक उडान सबै ठप्प छ। जजिरनको दुईवटा जहाज उडानका लागि होल्डमा छ। मौसम सुधार भएसँगै उडान पुनः सुरु हुनेछ,’ प्रवक्ता ठाकुरले भने।

अन्तर्राष्ट्रिय र आन्तरिक गरी कुल तीन सय ८० वटा उडान अवतरण तालिका रहेको छ। उनका अनुसार, शुक्रबार अन्तर्राष्ट्रियतर्फ ६० वटा उडान अवतरणको तालिका रहेको छ भने आन्तरिक तर्फ तीन सय २० वटा उडान अवतरणको तालिका रहेको छ।

आन्तरिक तर्फ बुध्द, यती, श्री, सौर्य, गुण, सिता, तारा, समिट र अन्तर्राष्ट्रिय तर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, जजिरा, टर्किस, सिंगापुर, एयर अरेबिया, एयर इण्डिया लगायत विभीन्न वायुसेवा कम्पनीले नियमीत उडान गर्दै आएका छन्।