धनञ्जय रेग्मीप्रति आलेको आक्रोश- यस्ता ‘साँढे’लाई सीईओ राखेर संस्था चल्छ ?

8

स्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का कारण संस्था बद्नाम भएको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने पनि बताएका छन् ।

अहिले छानबिनका क्रममा रहेका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने दाबी गरे ।

उनले सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए । उनले भने, ‘अब यहाँ साँढेहरूलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे कस्तो हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ ।’

आलेको भाषण जस्ताको तस्तै:

यहाँबाट म लण्डनको प्रोग्राममा गएँ । म जाँदै जादिनँ भन्दा पनि जाउँ हजुर भने । त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भने । जबरजस्ती गरेर लगे । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटी क्षेत्रमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ । भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो ।  त्यो फोरममा बोल्ने इच्छा थियो । तर, त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू भन्यो ।  त्यहाँ जान्छु १७ देश जतिका मन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन् । म आउट अफ रिङ छु । एउटा देशको मन्त्री । 

यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो । लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो । अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो । अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्तो साँढेलाई ल्याएर सिईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिइरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई ।

चार वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिदिन्छु भनेर त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।

यति भनेपछि मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तरगतका संघसंस्थाहरुमा विकृतिहरुको चाङ भएकोले सम्हाल्नै गाह्रो भइरहेको बताए । उनले पहिला काले–काले मिलेर भाले खाए पनि अब प्रेम आले आएकोले भ्रष्टाचार हुन नदिने बताए । 

मन्त्री आलेले भने, ‘बेचेर खान पाए हुन्थ्यो भनेर त्यो धन्दामा छन् । यस्ता यस्ता विकृतिहरु छन् सम्हाल्नै गाह्रो छ ।’ 

पर्यटन विभागबाट भएको टेण्डरमा सेटिङ भएको सुनेपछि तत्काल रद्द गराएको मन्त्री आलेले दावी गरे । ‘टेण्डर एउटा अनाउन्स भयो । त्यो टेण्डरमा के रहेछ भन्दा जसले ढुंगा छाप्यो उसले टेण्डर पाउने । फस्टमा टेण्डर निस्क्यो, एएटाले टेण्डर बिट गर्छ उसले ठेक्का पायो । दोस्रो वर्ष टेण्डर निकाल्दा जसले ढुंगा छापेको छ, उसैले ठेक्का पाउने । तेस्रो वर्ष पनि उसैले । मलाई एक लस्कर ठेकेदारहरुले भने हामी अर्बौं लगानी गरेर काम गरिरहेका छौँ । तर हामीले पर्यटन विभागको टेण्डरमा १५ करोडको ठेक्का लिन हामीलाई आउट गरिदियो । जम्मै सेटिङको काम छ भन्छन् । त्यसपछि मैले इमिडेट्ली क्यान्सिल गराएँ’, मन्त्री आलेले भने, ‘त्यहीँ भित्र म नाम लिन्न । होइन हजुर यो पहिलाकै चलन हो । पहिला त काले काले मिलेर खाउँ भाले भन्थे, अब आयो आले ।’ 

डब्ल्यूटीएम कार्यक्रमको खर्च छानबिन गर्न निर्देशन

आलेले डब्ल्यूटीएमको कार्यक्रममा बेलायत जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।

कार्यक्रममा जाँदा सबै खाना खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारवाही गर्नुपर्ने आलेले बताए । उनले भने, ‘म त्यो डब्ल्यूटीएमको प्रोग्राममा जाँदा सबैभन्दा सानो स्टल हाम्रोतिर थियो । दुई चारवटा कुखुरा अटाउने खालको । झन् गैँडा भएपछि अट्न पनि गाह्रो । फोटो सेशन गरौँ भनेर गरेका थियौँ । अट्न पनि गाह्रो छ । मैले निमित्त कार्यकारी सीईओलाई कति खर्च भयो भनेर सोधेको छु ।’

उनले भनेका छन्, ‘दूतावासमा म, सचिवज्यूलगायत बसेका छौँ । होटलमा मेरो लागि एक रूपैयाँ खर्च भएको छैन । खानामा एक रूपैयाँ खर्च भएको छैन । ८० लाख बिल आयो भन्नुभएको छ । यो पनि एउटा कारवाहीको विषय बन्छ । ८० लाख के मा खर्च भयो ? मेरो टिकट त पर्यटन मन्त्रालयबाट भएको छ । मेरो दायित्व त यहाँ जोडिएको छैन । के मा गर्नुभयो तपाईले ८० लाख खर्च ? त्यसको छानबिन गर्नुहोस् । कानुनी दायरामा ल्याउनुस् । कडा भन्दा कडा कारवाही गर्नुहोस् ।’