घरजग्गा खरिद बिक्रीमा गिरावट आएपछि व्यवसायीहरुले गाडी उपहार दिनेसम्मको आकर्षक योजना अघि सारेका छन्।
भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा व्यवसायीहरुले एउटा घर खरिद गरे गाडी उपहार दिनेसहितका विभिन्न आकर्षक उपहार योजना अघि सारेका हुन्।
घरजग्गाको ऋण प्रबाहमा बैंक तथा वित्तीय संस्थाहरुले ५० प्रतिशत कमी गरेसँग यसको खरिद बिक्री ह्वात्तै घटेको छ।
व्यवसायी रमेश थापाले एउटा घर खरिद गरे गाडी उपहार दिने योजना ल्याइएको बताए। उनले घर बनाउनेलाई निःशुल्क डिजाईनको व्यवस्था पनि गरिएको स्पष्ट पारे।
मेलामा सुरक्षित एवम् भूकम्प प्रतिरोधि आवास तथा त्यस सम्बन्धी सामग्रीसहितको १ सय २० वटा प्रर्दशनी कक्ष राखिएको छ।
घर÷जग्गा खरिद गर्न चाहने उपभोक्तालाई मेला उपयोगी हुने आयोजकको दावी छ। नेपाल घर÷जग्गा तथा आवास विकास संघले आयोजना गरेको मेला २८ गतेसम्म चल्नेछ ।