सेक्स वर्करहरु सडकमा नारा जुलुस गर्दै निस्केपछि

442

एजेन्सी । पेरिसको सडकमा अनौठो दृश्य देखियो । यौनकर्मी महिलाहरु सडकमा विरोध प्रदर्शनमा उत्रिए । उनीहरुको संख्या करिब १५० थियो ।

हातमा प्लेकार्ड र ब्यानरसहित उनीहरु सडकमा थिए र विरोधमा उनीहरुले नारा लगाइरहेका थिए, ‘सेक्स वर्क पनि एक पेशा हो ।’ करिब एक वर्षअघि फ्रान्स सरकारले कानुन ल्याएर यसलाई व्यवस्थित गरेको थियो । सो कानुन आएको १ वर्ष पुरा हुँदा यौनकर्मीले प्रदर्शन गरेका हुन् ।

नयाँ कानुन अनुसार पैसा लिएर सेक्स सर्भिस लिनु अवैध हो र यसका लागि ग्राहकलाई जरिवाना लाग्छ । प्रदर्शनमा उत्रिएका अधिकांश युवतीहरु थिए भने केही पुरुष समेत थिए । यो कानुनले ग्राहकलाई अपराधीको रुपमा लिन्छ । तर यौनकर्मीलाई होइन । जरिवानाको रकम ३ हजार ७५० युरो सम्म हुनसक्छ ।