बिस्केटको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँचजना घाइते : भिडियो सहित

499

भक्तपुरमा जारी प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्राको चौथो दिन बिस्केटको लिङ्गो भाँचिदा एकको मृत्यु र तीन जान घाइते भएका छन् । बिहीबार साँझ ५५ हात लामो लिङ्गो उठाउने क्रममा भाँचिएको हो । लिङ्गो भाँचिदा किचिएर परिचय नखुलेका अन्दाजी ३०÷३२ बर्षका एक जनाको ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ ।
घाईते हुनेमा कमलबिनायका रत्नभक्त दुवाल(रामकृष्ण), सुर्यबिनायकका अर्जुन सुवाल, टौमढीका बालकृष्ण लोला, सुर्यबिनायककै सुमन तज र स्थानीय सुरेन्द्र खाईतु रहेका छन् । खाईतुको सिद्घी स्मृति अस्पताल जगाती र अन्य घाईतेको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तीन वर्ष पहिला पनि यसै गरि लिङ्गो भाँचिएको थियो तर कोहि पनि हाताहात भने भएका थिएनन । भिडियो सहित

 

एउटा लिङ्गो भाँचिए तयारी अबस्थामा राखिएको अर्को लिङ्गो क्षमा पुजा गरी उठाउने चलन छ । तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी लिङ्गो भेलुखेलस्थित ल्योसिङ्खेलमा साँझ हजारौं जात्रालुको सहभागीतामा उठाइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उठाउने गरिन्छ ।

दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेपछि साँझ हातसहितको नागनागिनीको प्रतीक रहेकोे तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाइन्छ । लिङ्गो उठाउनुअघि दिउँसो भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याउने चलन छ । लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको जात्रा मनाइन्छ ।