स्थानीय तह निर्वाचन, २०७४ (२०७३ साल फाल्गुण ९ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली
काठमाण्डाै । स्थानिय निर्वाचनको लागी निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले गत फागुन ९ गतेसम्म १८ बर्ष उमेर पुगेका मतदातालाई समावेश गर्दै नयाँ मतदाता सुची सार्बजनिक गरेकाे छ । आयोगले आफ्नो वेभसाईटमार्फत मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ ।
उता फोटो सहितको मतदाता परिचय पत्र छपाईको जिम्मा पाएको ओमनी ग्रुपले ५० जिल्लाको परिचय पत्र छपाईको काम सकेको जनाएको छ । बाँकी २५ जिल्ला र थप मतदाताको परिचय पत्र छपाईको काम केहि दिनभित्रै सक्ने गरी काम भईरहेको ओमनी ग्रुप कम्पनीले जनाएको छ । १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता र थप भएका मतदाताको परिचय पत्र यसै साता सक्ने गरी काम अघि बढेको सो कम्पनीले जनाएको छ ।
स्थानीय तह निर्वाचन, २०७४ (२०७३ साल फाल्गुण ९ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली
हेर्न तलकाे लिङ्रकमा क्लिक गर्नुहाेस्
http://www.election.gov.np/election/np/bbvrs