कांग्रेस भक्तपुरको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

419

भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण विभागले मंगलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं पार्टी सभापति दुलर्भ थापाले संविधान कार्यान्वयन र नेपाली जनताले पाएको अधिकारका रक्षाका लागि कांग्रेसको विजय आवश्यक रहेको र मेचीदेखि महाकालीसम्म नै कांग्रेसका पक्षमा जनलहर उर्लेको वर्तमान अवस्थामा भक्तपुरमा पनि कांग्रेसका पक्षमा जनलहर उर्लेको कारण एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई उर्लेको जन लहरलाई सम्हाल्न आग्रह गर्नुभयो । सभापति थापाले जिल्लामा देखिएको महिला सक्रियता प्रति आभार व्यक्त गर्दै प्रशिक्षण उपलब्धी मुलक हुनेछ भन्नुभयो । उहाँले भोलीका दिनमा टिकट पाउनेलाई जिताउन उत्साही भएर लाग्न र विपक्षीका टीका टिप्पणी र मनगणन्ते कुराको प्रतिकार गर्न आग्रह गर्नुभयो ।
सभासद् रामेश्वर ढुंगेलले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउनु पर्छ भन्ने मान्यतामा कांग्रेस अगाडि बढेको चर्चा गर्दै महामानव बी.पी. कोइरालाको यो सपना पूरा गर्न सबै लागि पर्नुपर्छ भन्दै १९ वर्षपछि हुन लागेको यो महायज्ञ सफल पार्न र कांग्रेसलाई जिताउन सबै तहतप्काका कार्यकर्ता, नेता एक भएर काँधमा काँध मिलाई अगाडि बढ्नु पर्छ । टिकटको आकांक्षा धेरै साथीहरुले राखेका छन्, तर पनि ती आकांक्षालाई हामीले थाती राख्दै टिकट पाउनेको पक्षमा भित्रि आत्मादेखि लाग्नुपर्छ, आकांक्षी धेरै भएपनि टिकट पाउने एउटै हुन्छन्, त्यसमा पार्टीले गरेको निर्णयलाई स्वीकारी अहिलेजस्तै भोलिको चुनावी दौडमा पनि एक भएर सबै कार्यकर्ता एवं नेताहरु लाग्ने छन् भन्ने आशा व्यक्त गर्नुभयो ।
त्यसैगरी पूर्व जिल्ला सभापति गणेशमान चक्रधरले संविधान निर्माणपछि अन्यदलहरु सत्तामा गए तर यो संविधानलाई कार्यान्वयन भन्दा कार्यकर्ता भर्ति, व्यक्तिगत स्वार्थमै आफ्ना समय व्यतित गरेको आरोप लगाउनुभयो । एमालेले चुनाव हुनुपर्छ भनेर देखावटी नाटक मञ्चन गरेको बताउँदै एमालेले बाहिर चुनावको कुरा गर्ने भित्र चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको पहल र दवावमा देशले नयाँ कोल्टे फेरेको छ । १९ वर्षपछि बल्ल स्थानीय निकायमा जनप्रतिनिधि आउने भएका छन्, चुनाव घोषणा भएको छ । देशका कुना कुनामा स्वर्तस्फूत रुपमा जनता चुनावमा होमिएका छन् । जनता हर्षित छन् । तर मुलुकको जिम्मेवार राजनीतिक दल प्रतिपक्ष संविधान संशोधन गर्न नदिन अनेक हतकण्डा अपनाइ चुनाव विथोल्न लागि परेका छन् । यस्तो परिस्थितिमा सबै एक ढिक्का भएर प्रशिक्षणमा सिकेका कुराहरु जनतामा लैजान सबैलाई आग्रह गर्नुभयो ।
प्रशिक्षण विभागका संयोजक निशान ढुंगेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लाभित्रका ३८ वडाका क्रियाशिल सदस्य, नगरसभापति, वडासभापतिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य ओमप्रकाश श्रेष्ठले गर्नुभएको थियो । उक्त कार्यक्रमको उद्घोषण राजु खड्काले गरेका थिए भने दिनभर चलेको सो प्रशिक्षण दिनेहरुमा नेपाल बार एशोसिएसनको पूर्व महासचिव सुनिल पोखरेल, कांग्रेसको केन्द्रीय सदस्य एवम् सांसदद्वय प्रदीप पौडेल र धनराज गुरुङ हुनुहुन्थ्यो ।
यसैबीच नेपाली कांग्रेस चाँगुनारायण नगर वडा नं. ९ ईकाई समितिको आयोजनामा मंगलवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा ताथली, सुडाल र नगरकोट क्षेत्रका करिव एक सय जना युवाहरु कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई पार्टी जिल्ला सभापति दुर्लभ थापाले टिका लगाई पार्टीमा प्रवेश गराउनुभएको थियो ।
सो अवसरमा जिल्ला सभापति थापाले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा भएकोले स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो , उहाँले नवप्रवेशीलाई स्वागत गर्दै ईमान्दारपूर्वक लोकतन्त्रको पक्षमा लाग्न आग्रह समेत गर्नुभयो । पुस्कर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका निवर्तमान सभापति गणेशमान चक्रधर, क्षेत्रीय सभापति जीवन खत्री, चाँगुनारायण नगरसमितिका संयोजक यादव अधिकारी, कृष्णलाल भँडेल, गोकुल शमालगायतका नेताहरुले बोलेका थिए ।