डिप बोरिङ गर्ने क्रममा ग्यास निस्केपछि भक्तपुरमा आगलागी

417

भक्तपुर,– खानेपानीको लागि डिपबोरिङ खन्ने क्रममा भक्तपुरमा आगोको मुस्लो निस्किएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका १ स्थित सिरुटारमा खानेपानी तथा सरसफाई कार्यालयले डिपबोरिङ खन्ने क्रममा एकाएक आगोमको मुस्लो निस्किएको हो ।
महानगरीय प्रहरी बृत्त ठीमीका डिएसपी श्याम ओलियाले १८० फिट गहिरो बोरिङ खनिसकेपछि एकाएक आगोको मुस्लो निस्कएको हो  ।

उनका अनुसार आज बिहान करीब साढे १० बजेतिर आगोको मुस्लो निस्किएको थियो भने काठमाडौँ, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर नियन्त्रणमा लिइएको थियो ।
निकै गहिराईमा लिथियम ग्यास फेला परेको र आगो निस्किन पुगेको बताइएको छ ।