एमालेको चुनावी घोषणा पत्र सार्वजनिक(पूर्ण पाठसहित)

975

नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय बल्खुमा मंगलबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष झलनाथ खनालले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

सात प्रदेशको संघीयताको खाका, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको साशकीय व्यवस्था र देशको आर्थिक विकास तथा राष्ट्रिय हितलाई प्राथमिकता दिने कुरा घोषणा सार्वजनिक घोषणा पत्रमा समेटीएको छ ।

घोषणापत्र सार्वजनिक समारोहमा वरिष्ठ नेता माधव नेपाल उपस्थित भएका थिएनन् । घोषणा पत्र तयारीका लागि एमालेले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

 घोषणापत्रको पूर्ण पाठ यस्तो छ