स्थानीय चुनाव दुई चरणमा गर्न निर्वाचन आयोगको तीन सर्त,मतदाता नामावली, मतदाता परिचय पत्र र मतपत्र अहिलेकै कायम रहने

345

काठमाडौं । स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिप्रति निर्वाचन आयोग सकारात्मक देखिएको छ । तर, उसले तीन सर्त राखेको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति भएको थियो । त्यसअनुसार मन्त्रिपरिषदबाट निर्णय गर्नुअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगको पदाधिकारीसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीहरु राजनीतिक सहमति अनुसार दुई चरणमा चुनाव गर्न सहमत भएको छ । तर, तीन सर्त राखिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुले दुई चरणमा चुनाव गर्दा पनि मतदाता नामावली, मतदाता परिचय पत्र र मतपत्र अहिलेकै कायम रहने बताएको छ ।