उत्तर कोरियाको अर्को धम्कीः संसारलाई ध्वस्त पार्न हाम्रो तीनवटा बम काफी

265

एजेन्सी, बैशाख १० – केही जानकारका अनसार उत्तर कोरियाको जमिनमाथि तेस्रो विश्वयुद्धको बिजारोपण भइरहेको छ ।  त्यहाँका नेता किम जोंग ऊनले समय समयमा विभिन्न धम्की दिँदै आएका छन् । यसै क्रममा उनले संसारलाई नै ध्वस्त पारिदिने नयाँ चेतावनी दिएका छन् । यदि उत्तर कोरियाले चाहे मात्र तीनवटा बमले संसारभरीकै देशको पत्ता साफ गरिदिने चेतावनी उत्तर कोरियाले दिएको छ ।

यो चेतावनी किम जोंग ऊनका नजिकका मानिने एलेग्जेन्ड्रो काओ डि बेनोले दिएका हुन् । स्पेनको एक समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘उत्तर कोरियालाई कसैले पनि छुन सक्दैन । यदि यस्तो भइहाले पनि त्यहाँका जनताले बन्दुक र मिसाइलले आफ्नो रक्षा गर्नेछन् । हामीसँग परमाणु बम छन् । यस्ता मात्र तीनवटा बमले पूरा संसार ध्वस्त हुनेछ ।’

‘उत्तर कोरिया एक आदर्श राज्य’:

एलेग्जेन्ड्रोले उत्तर कोरिया एक आदर्श राज्य भएको बताउँदै यहाँका मानिसहरु इज्जतका साथ सुरक्षित जीवन बिताउने बताएका छन् । उनका अनुसार उत्तर कोरियामा मानिसहरु निकै सुख शान्तिका साथ बस्ने गर्दछन् । त्यहाँ कुनै सामाजिक संधर्ष छैन । उनी भन्छन्, ‘हाम्रो देशमा मानिसहरु सडकमा सुत्दैनन् । त्यहाँका मानिसहरु आपसी सहयोगका साथ बाँच्ने गर्दछन् । ’ एलेग्जेन्ड्रोले किम जोंग ऊनको शासनमा मानवाधिकारहरुको उल्लंघनको पनि अस्विकार गरे । उनले यस्तो आरोप पश्चिमी देशको प्रोपोगान्डा भएको बताएका छन् ।

को हुन् एलेग्जेन्ड्रो ?

उनी उत्तर कोरियामा विदेशी देशसँग सांस्कृतिक सम्बन्धको समितीका विशेष सदस्य हुन् । मूल रुपमा स्पेनमा बस्ने एलेग्जेन्ड्रो पश्चिमी देशका पहिला यस्ता व्यक्ति हुन् जसलाई उत्तर कोरियाको नागरिकता दिइएको छ । उनलाई पश्चिमी जगतमा उत्तर कोरियाको अनिधिकृत प्रतिनिधि मानिन्छ ।