छत्तीसगढ – सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएका भारतीय माओवादी संगठनको आक्रमणमा परी २६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलावादी भनेर चर्चित माओवादीहरुको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका २६ जनाको मृत्यु भएको छ । घटनामा ७ जना अन्य सुरक्षाकर्मी घाइते भएका छन् ।
उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ । गस्तीमा रहेका प्रहरीमाथि पहिलादेखि नै ढुकेर बसेका माओवादीहरुले आक्रमण गरेको बिबिसीले जनाएको छ । प्रहरीमाथि हमला भएपछि माओवादीहरुले हतियार समेत लुटेर लगेका छन् ।
माओवादीविरुद्ध गस्ती गरिरहेको बेला दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरुलाई हेलिकप्टरबाट उद्दारका लागि अस्पताल लगिएको छ । माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालिन बैठक बोलाएका छन् ।