केशव स्थापित सिफारिसमै परेनन्
काठमाडौं– एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । लामो विवादको बीच काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको छ । सिफारिस गरेका नामहरु केहि नगरपालिकामा सर्वसम्मत छन् भने केहिमा एक भन्दा बढि आकांक्षी देखिएपछि धेरै व्यक्तिको नाम पठाएको छ । स्थानीय निर्बाचनको लागी नेकपा एमालेले किर्तिपुरको मेयरमा रमेश महर्जनलाई उम्मेदवार बनाएको छ।
काठमाडौं मेयरको लागी भने बिधासुन्दर शाक्य,जीवनराम श्रेष्ठ,बिदुर मैनाली,बसन्त मानन्धर,र कल्पना रिजाललाई सिफारिस गरेको छ। चर्चमा रहेका काठमाडौंको पुर्ब मेयर केशब स्थापित भने सिफारिसमै परेनन्। यस्तै उपमेयरको लागी शंकर पोख्रेलकी श्रीमती सुजिता शाक्य,बिधा न्यौपाने,रत्ना गुरुंग,र पूर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीकी बुहारी शान्ति अधिकारीलाई सिफारिस गरेको छ।
करिब ८ बर्षअघिदेखिको विवाद रहेको काठमाडौंमा नेता माधबकुमार नेपाल समूहले यअघि नै समानान्तर कमिटि बनाएको थियो । काठमाडौंमा अध्यक्ष केपी ओली समुहको एकलौटी भएको भन्दै समानान्तर कमिटि गठन गरिएको थियो । ओली समूहले मेयर र उपमेयरमा पनि एकलौटी गरी सिफारिस गरेको नेता समुहको आरोप छ ।
एमालेले काठमाडौंको १० नगरपालिकामा मेयरका लागि १९ जनाको नाम सिफारिस गरेको छ । जसमध्ये ओली समुहको १४ जनाको नाम सिफारिस भएको छ भने नेपाल समूहको ५ जनाको मात्र नाम सिफारिस भएको छ ।
मेयरका उम्मेद्वारका रूपमा पार्टीभित्र चर्चामा आएका स्थापितले २०५४ सालमा एमालेबाटै महानगरको मेयर जितेका थिए। तर, २०६२/६३को जनान्दोलनसँगै उनी माओवादीसँग नजिक भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मीत समेत लगाएका स्थापित बाबुराम भट्टराईले गठन गरेको उपत्यका विकास प्राधिकारणका प्रमुख बनेका थिए। दोस्रो संविधान सभामा भने उनी अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमबाट काठमाडौं क्षेत्र नम्बर-६मा उम्मेद्वार बने पनि हार व्यहोरेका थिए।
यो क्षेत्रमा उठेका एमाले नेता योगेश भट्टराईलाई हराउन उनको भूमिका रहेको गुनासो एमालेवृत्तमा छ। चर्चामा आएका अर्का व्यक्ति गौरी प्रधान अनेरास्ववियुको सातौं सम्मेलन आयोजक कमिटीका संयोजक थिए। त्यसयता उनी बालअधिकार र मानवअधिकारको क्षेत्रमा कार्यरत छन्। उनी मानवअधिकार आयोगका प्रवक्ता समेत बनेका थिए।
एमालेले सिफारिस गरेको काठमाडौँका मेयरहरु
१ चन्द्रागिरी नगरपालिका
मेयरः प्रलाद कार्की (ओली समुह)
उप मेयरः निशा नहकर्मी
२ किर्तिपुर नगरपालिका
मेयरः रमेश महर्जन (नेपाल समुह)
उप मेयर सरस्वती
३ नाँगार्जुन नगरपालिका
मेयरः प्रकाश श्रेष्ठ , कृष्णहरी खत्री र देवकी भट्टराई (ओली समुह)
उपमेयरः शुशिला अधिकारी, सानु मैया खडका र उमेश कार्की
४ कागेश्वरी मनहरा नगरपालिका
मेयरः रामचरण ढुङगाना, मणिराम फुयाँल (ओली समुह)
उपमेयरः शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य
५ शंकरापुर नगरपालिका
मेयरः सुर्वण श्रेष्ठ (ओली समुह) र शम्भु दुलाल (नेपाल सुमह)
उपमेयरः मुना अधिकारी
६ गोकणेश्वर नगरपालिका
मेयरः पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह)
उप मेयरः शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी
७ बुढानिलकण्ठ नगरपालिका
मेयरः उद्धब खरेल (ओली समूह) र मिठाराम अधिकारी (नेपाल समुह)
उपमेयरः रमा राई र देवि रेग्मी
८ टोखा नगरपालिका
मेयरः प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ (ओली समुह)
उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे
९ दक्षिणकालि नगरपालिका
मेयरः श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह)
उपमेयरः इन्दीरा पौडेल, कविता घिमिरे र मिना आचार्य महर्जन
१० तारकेश्वर नगरपालिका
मेयरः श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह)
उपमेयरमाः भवानी धानुक डोटेल, बत्तिस महर्जन र शावित्रि शर्मा