कश्मिरमा फेसबुक, ट्वीटर चलाउन प्रतिबन्ध

448

भारत प्रशासित कश्मिरमा फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको छ।  कश्मिर सरकारको गृह विभागले बुधबार एक सूचना जारी गर्दै महिना दिनका लागि सामाजिक सञ्जाल चलाउन नपाउने बताएको छ।

सामाजिक सञ्जालको पोस्ट हुने तस्बिर र अभिव्यक्तिले युवाहरुलाई भड्काउने गरेको भन्दै सरकारले यी साइटमा प्रतिबन्ध लगाएको बताएको छ।  यो महिनाको सुरुमा भएको उपनिर्वाचनपछि कश्मिरको अवस्था तनावग्रस्त बनेको छ।

पछिल्ला दिनमा बुर्काधारी कलेजकी छात्राहरुले पनि प्रहरीलाई ढुंगा हानेका तस्बिरहरु सामाजिक सञ्जालमा चर्चित भइरहेका छन्।