प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित पक्राउ

518

रौतहट-चन्द्रपुर नगरपालिका–६ बेल्डी बस्ने २७ बर्षीय देवनाथ चौधरी र सागर लामा नाम गरेका व्यक्तिलाई प्रहरीले प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित मंगलबार पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र ईलाका प्रहरी कार्यालय चपुरको संयुक्त प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–४ चपुरस्थित पूर्व–पश्चिम राजमार्गको सुदर्शन होटल अगाडि सेतो बोराभित्र कार्टुनमा राखी उनीहरु सहितका ४ जनाले प्रतिबन्धित जंगली पंक्षी हुचिल ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएकोमा निज सागर लामा र हाल नाम, थर, वतन नखुलेका २ जना समेत गरी ३ जना भागेका थिए । तत्काल भागेकामध्ये लामालाई सोही नगरपालिका–६ स्थित बेल्डीबाट प्रहरीले पुनः पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेका ना.२० प ९१६५ र ना.२४ प २९१४ नम्बरका मोटरसाइकल तथा मरेको अवस्थामा रहेको हुचिल समेत प्रहरीले बरामद गरेको छ ।