बेलायती संसद विघटन

431

काठमाडौं । बेलायतको संसद बुधवारदेखि विघटन  भएको छ । प्रधानमन्त्री थेरेसा मेले अघिल्लो महिना देशवासीको नाममा सम्बोधन गर्दै जुन २८ को लागि आम निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।
बेलायती कानुनअनुसार आम निर्वाचन हुनुभन्दा २५ दिनअघि संसद विघटन गर्नुपर्छ त्यसपछि कुनै पनि सांसदले खाइपाइ आएको सेवा सुविधा उपभोग गर्न पाउने छैनन् ।
कन्जरभेटिभ पार्टीकी सांसद एवं प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियनबाट बेलायतको बर्हिगमन– ब्रेकजिटको लागि आफ्नो पल्ला भारी बनाउनको लागि आम निर्वाचनको आह्वान गरेकी हुन् ।
करिब एक वर्ष अघि बेलायतले जनमतसंग्रह मार्फत युरोपियन युनियनबाट अलग्गिने निर्णय गरेको थियो र अब हुने चुनावमा पनि बे्रक्जिटलाई नै प्रमुख एजेन्डा बनाएर कन्जरभेटिभ पार्टी अघि बढिरहेको छ ।– ए.एन.आई