विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषध विरुध सचेतना दिँदै रिकभरी समूह

164
हेटौँडा । विद्यार्थी र जनप्रतिनिधिलाई लागूऔषधविरुद्द जनचेतनामा रिकभरी समूह जुटेको छ ।
 मकवानपुर रिकभरी समूहले विद्यार्थीहरू र जनप्रतिनिधिलाई लागूऔषधविरुद्ध सचेतना सन्देश दिन विद्यालय विद्यालय जान थालेको छ ।
माघ १६ गते जनजागृति माध्यमिक विद्यालय, माघ १७ गते प्रगति माध्यमिक विद्यालय, माघ १८ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, माघ १९ गते त्रिभुवन माध्यमिक विद्यालय, माघ २० गते महेन्द्र किरण माध्यमिक विद्यालय, माघ २२ गते भुटनदेवी माध्यमिक विद्यालय, माघ २३ गते बाल ज्योति माध्यमिक विद्यालय, माघ २४ गते चन्द्रोदय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिसकेको र अन्य विद्यालयमा पनि कार्यक्रम सञ्चालन गरिने मकवानपुर रिकभरी समूहका महासचिव सन्दीप शाक्यले जानकारी दिए ।
विद्यार्थीहरूलाई लागू औषध दुव्यर्सनमा फस्नबाट रोक्दै लागूऔषधरहित समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको शाक्यले बताए । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको सचेतनामूलक कार्यक्रममा रिकभरी  नेपाल तथा राष्ट्रिय टिबी नेटवर्क नेपालको समन्वयमा कार्यक्रम भएको हो । मकवानपुर रिकभरी समूहले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम गरी शिक्षक, विद्यार्थी, अभिभावकलाई लागूऔषधविरुद्ध सचेतना कार्यक्रम विगत ९ वर्ष देखिबाट नै सञ्चालन गर्दै आइरहेको थियो । संस्थाले स्थापनाकालदेखि नै लागू औषध दुर्व्यसनबाट बच्नकालागि विभिन्न सचेतना कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।