काठमाडौं । स्रष्टा यमुना पराजुली को गजल सङ्ग्रह ‘जलसा’ र विन्दु अधिकार ढकाल को कविता सङ्ग्रह ‘विन्दुहरु’ सार्वजनिक भएको छ । आइतवार काठमाडौको पेप्सीकोला स्थित नेक्सस स्कुलमा उक्त कृतिहरुको गजलकार ज्ञानुवाकर पौडेल, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्ण्ुा विभु घमिरे, पूर्व अर्थमन्त्री शंकर कोइराला, गजलकार शितल कादम्वीनीले लोकार्पण गरेका हुन् ।
बालसाहित्यका क्षेत्रमा स्थापित नाम यमुना पराजुलीले पहिलो कृतिका रुपमा गजल सङ्ग्रह बजारमा ल्याएका हुन् । उनका गजल सङ्ग्रह जलसामा ७५ वटा गजल समाहित छन् । गजलमा समाजमा रहेको विसंगती,अभाव, प्रेम, यौवन मात्र होइन बालबालिका का मनोदसाहरु पनि गजलमा समेटिएको गजलकार पराजुलीले बताए । गजल सङ्ग्रह ‘जलसा’ विएन पुस्तक संसारले प्रकाशन गरेको हो । गजल सङ्ग्रहको मुल्य १ सय पचास रुपैयाँ रहेको छ ।
त्यस्तै कवि विन्दु अधिकारी ढकालले पनि समाजकि परिवेश र देशमा रहेको विकृतिको भण्डाफोर गरेका छन् । कविता सङ्ग्रह ‘विन्दुहरु’ मा ४९ वटा कविता समाहित छन् । युनाइटेड नेपाल पव्लिकेसन्ले प्रकाशन गरेको कविता सङ्ग्रह विन्दुहरुको मुल्य एक सयम पचहत्तर रुपैयाँ रहेको छ । कार्यक्रम अक्सिजन कविका उपाधी पाएका स्व बालकृष्ण अधिकारी धनकुटेलाई समर्पित गरेर गरिएको थियो । गजलकार पराजुली कवि धनकुटेका बुहारी हुन् भने कवि अधिकारी छोरी हुन् ।