टोखा नगरपालिकाको नमूना काम स्थायीबासीलाई सुगर र प्रेसरको औषधी निःशुल्क

49

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो नगरपालिकाभित्र बसोबास गर्ने स्थायी बासिन्दाहरुका लागि उच्च रक्तचाप र सुगरको औधषी निःशुल्क प्रदान गर्ने भएको छ । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक सुचना जारी गर्दै सुगर र प्रेसरका रोगीहरुले आफुले बसोबास गरिरहेको वडाको स्वास्थ्य संस्थामा गई नियमित खाने औषधीको नाम र सम्पर्क नम्वर उवलब्ध गराइदिनु हुन अनुरोध गर्नुभएको छ ।
उहाँले नगरबासीको हितमा नगरपालिका सधै काम गर्दै आएको र आगामी दिनमा पनि जनमैत्री कार्य गर्ने उल्लेख गर्नुभयो ।