भक्तपुर क्याम्पसमा पुकार पराजुलीको संयुक्त प्यानल विजयी 

29

भक्तपुर । भक्तपुर क्याम्पस स्ववियू निर्वाचनमा पुकार पराजुलीको संयुक्त प्यानल नै विजयी भएको छ ।

चैत ५ गते आइतबार सम्पन्न स्ववियू निर्वाचनमा अध्यक्षमा निकटतम प्रतिदोन्दी दिनेश खड्गीलाई पछि पादै पकार पराजुली विजयी भएका हुन् ।

यस्तै सचिवमा यादव दुलाल उमेश शाहीलाई पछि पादै विजयी भएका हुन् ।

सम्पन्न निर्वाचनमा कोषाध्यक्षमा सृजन प्रधान सदस्यहरूमा अस्मिता खनाल, निमेश नायभा, सजग कृष्ण पोखरेल, नीरज कार्की, नवराज सिंह धामी, धिरज खड्का, सजना हुमागाईँ, तिलक  पराजुली विजयी भएका छन् ।

यस्तै समानुपातिक तर्फ भने नेपाल विद्यार्थी सङ्घले ७६४ मत प्राप्त गर्दै ४ वटा कोटा प्राप्त गरेको छ भने ५१६ मतका साथ नेक्राविसंघले ३ कोटा ३५३ मतका साथ अखिलले २ र २७३ मतका साथ अखिल (क्रान्तिकारी)ले १ कोठा प्राप्त गरेको छ ।