ट्रिटनका विद्यार्थीको वार्षिक व्यवहारिक प्रर्दशनी

157

काठमाण्डौ । वर्षभरी कक्षामा सिकेका कुरा विद्यार्थीले व्यवहारिक रुपमा प्रस्तुतिकरण मार्फत समावेश गरिएको वार्षिक प्रदर्शनी बुधबार ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलमा आयोजना गरियो ।
सो विद्यालयको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा आयोजित सो प्रदर्शनीमा चित्रकला, विज्ञान तथा प्रविधि, वातावरण, सूचना प्रविधि, गणित, प्रयोगशाला लगायतका विषय समावेश गरिएको थियो भने विद्यार्थीहरुले आ—आफ्नो सामग्री आफैंले निर्धक्क भएर प्रस्तुतिकरण गरेका थिए । ८ कक्षाका विद्यार्थी आधारभूत स्तरको परीक्षा र १० कक्षाका विद्यार्थी भने माद्यमिक शिक्षा परीक्षाको तयारीमा व्यस्तथिए ।


सो प्रदर्शनीमा पुतलीको जीवनी देखि घरपालुवा जीवजन्तु, जलविद्युत, स्मार्ट सिटी, सौर्य प्रणाली, चन्द्र, सुर्य ग्रहण, शरीरको रक्त प्रणाली र मुटुले कामगर्ने प्रकृया, वीऊवीजन उम्रने तरीका देखि रोबोटिक्स संग सम्वन्धित र ज्वाला मुखि समेतगरि झण्डै २ दर्जन स्टल राखिएको थियो ।
एकवर्षमा आफुले सिकेका सबै विषयका ज्ञान विद्यार्थीले व्यवहारमा उतारेर अभिभावक तथा अरु कक्षाका विद्यार्थीलाई बुझाउन सफल भएको विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांगको दावी थियो ।


विज्ञान, प्रविधि, यन्त्र, कला तथा नापतौल (स्टिम) विधि अपनाएर आफुले सिकेका कुरा प्रदर्शन गरेको विद्यालय संयोजक चक्रकुमार श्रेष्ठले बताए ।
विगतमा विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गर्दै आएकोमा यो वर्षदेखि सबै विषय समेटेर वार्षिक प्रदर्शनी गरिएको अतिरिक्त कृयाकलाप संयोगक शीव गैरेले बताए ।