नेपाल शिक्षक सङ्घ भक्तपुर अध्यक्षमा सहदेव साखकर्मी 

85

भक्तपुर । नेपाल शिक्षक सङ्घ भक्तपुरको जिल्ला अध्यक्षमा सहदेव साखकर्मी सर्वसम्मत विजयी हुनु भएको छ ।

सङ्घको ९ औँ अधिवेशनले साखकर्मीको नेतृत्वमा ३१ जना कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट अध्यक्षमा सहदेव साखकर्मी , उपाध्यक्ष महिलामा जमुना कुँवर , उपाध्यक्ष सुजन गसी श्रेष्ठ, सचिवमा दामोदर न्यौपाने सचिव अर्थमा टङ्कनाथ आचार्य, सहसचिव महिला दिपा बराल, सहसचिव हेमन्त सिटौला, सहसचिव समावेशीमा श्याम हाडा, सहसचिव समावेशी तिलक दास श्रेष्ठ, पदेन सदस्यहरूमा इन्जकुमार बास्तोला, नारायण प्रसाद अर्याल, बैंनी खुम्बु र राम गोपाल हाडा यस्तै महिला सदस्यमा निता कार्की, सरस्वती थापा र सीता सापकोटा यस्तै सदस्यहरूमा दिलकुमार प्रजापति, देवी प्रसाद डोटेल, इन्दिरा कोइराला, इन्द्र प्रसाद न्यौपाने विजयी हुनुभएको छ ।

यस्तै अधिवेशनबाट सङ्घीय प्रतिनिधिमा राम हाडा, बलराम रेग्मी , ज्ञानप्रसाद भट्टराई, रञ्जना कक्षपति, रुद्र कुमार धमला, राज्य लक्ष्मी श्रेष्ठ, दीपक लामिछाने, यशोदा ढकाल र श्रीकृष्ण के.सी. विजयी हुनुभएको छ ।