वातावरण संरक्षण मञ्चद्वारा प्रजिअलाई ज्ञापनपत्र

79

भक्तपुर । वातावरण संरक्षण मञ्च भक्तपुरले जिल्लाको वातावरण प्रदुषित हुँदै गएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको मञ्चका महासचिव मणिराम लामिछानेले जानकारी दिनुभयो ।
मञ्चको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले आफू पनि वातावरण प्रति सचेत रहेको र केहि दिन अघि मात्र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा स्वच्छ हावा कार्यक्रम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा वातावरणद सम्वन्धी हुने कार्यक्रममा आफूले हदैसम्मको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गनुर््भयो । मञ्चद्वारा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ—
भक्तपुर जिल्लामा धुवाँ धुलो अत्यधिक बढन गई वातावरणमा नराम्रो असर परी स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भिर असर पर्न गएपछि, भक्तपुरका बासिन्दाको सक्रियतमा २०५९ सालमा “वातावरण संरक्षण मञ्च भक्तपुर” को गठन भएको हो । स्थापना कालदेखि नै वातावरणलाई स्वच्छ राख्न अनेक गतिविधि गर्दै जिल्ला व्यापी कार्यक्रमहरु गरेपछि यस मञ्चले थुप्रै सम्मान, पुरस्कार तथा प्रमाणपत्रहरु पाईसकेको कुरा श्रीमान समक्ष अवगत गराउन चाहन्छौं । हालैका दिनहरुमा भक्तपुरको वातावरण अत्यधिक प्रदुषित भई भक्तपुर देशभर मै बढी प्रदुषितको सूचीमा पर्न गएको समाचार प्राप्त भएको र भक्तपुर क्यान्सर अस्पतालको तथ्यांकबाट पनि भक्तपुरमा क्यान्सर रोगीको संख्या बढेको देखिएको हुँदा त्यसलाई न्यूनीकरण गर्ने तर्फ श्रीमानको ध्यानाकर्षण गराउन चाहन्छौंं ।
१. सर्वप्रथम त वातावरणको क्षेत्रमा काम गर्ने तथा जिम्मेवार निकायले स्पष्ट रुपमा काम नगर्न तथा स्वच्छ वातावरण राख्न कुनै भिजन नल्याउनुुले पनि वातावरण थप प्रदुषित हुँदै गएको छ । खासगरी स्थानीय तह यस क्षेत्रमा खासै जिम्मेवार भएको देखिदैन ।
२. प्लाष्टिकजन्य फोहोरहरुको उचित व्यवस्थापन गर्न नसकेको कारण मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्न गएको छ । यसको तत्कालै व्यवस्थापन गर्नपर्ने देखिन्छ ।