लागुऔषध सहित भक्तपुर छालिङका भुजेल पक्राउ

58

भक्तपुर । अवैध लागुऔषधसहित प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५, छालिङका दिपेन्द्र भुजेललाई शुक्रवार पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा अनुसन्धानको क्रममा भक्तपुर नगरपालिका १०, चोखामख कमलविनायकमा डेरागरी बस्ने भुजेललाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीको टोलीलाई भुजेललाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले भुजेलको कोठाबाट फेनरागन ४४ पिस, नोफिन ४१ पिस र डाईजेपाम ४५ पिससमेत बरामद गरिएको डिएसपी पाठकले बताउनुभयो ।