भक्तपुरको जनसंख्या ४ लाख ३२ हजार नाघ्यो

165

भक्तपुर । भक्तपुरको जनसंख्या ४ लाख ३२ हजार नाघेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ मंसिर ९ ) को तथ्याकं अनुसार नेपालको जनसंख्या कूल २ करोड ९१ लख ६४ हजार ५७८ पुगेको छ भने सबैभन्दा सानो जिल्लाको रुपमा रहेको भक्तपुरमा ४ लाख ३२ हजार १३२ जनसंख्या पुगेको छ ।

सो जनसंख्यामध्ये २ लाख १३ हजार ७१४ महिला र २ लाख १८ हजार ४१७ पुरुष रहेका छन् । सो जनसंख्यामध्ये सबैभन्दा बढी जनसंंख्या सूर्यविनायक नगरपालिकामा पुगेको छ । सो नगरपालिकामा १ लाख ४० हजार ८५ जनसंख्या पुगेको छ ।

जनगणना २०७८ अनुसार मध्यपुरथिमि नगरपालिकामा हाल १ लाख १९ हजार ७५६ पुगेको छ । भक्तपुर नगरपालिकामा भने ७९ हजार १६३ र चाँगुनारायण नगरपालिकामा ८८ हजार ८३ जनसंख्या पुगेको छ ।

२०६८ को जनसंख्या अनुसार सूर्यविनायक नगरपालिकामा ७८ हजार ४९०, मध्यपुर थिमि नगरपालिकामा ८३ हजार ६३, भक्तपुर नगरपालिकामा ८१ हजार ७४८ र चाँगुनारायण नगरपालिकामा ५५ हजार ४३० रहेको थियो ।