वरिष्ठ साहित्यकार तिलकप्रकाश कायष्ठ सम्मानित

49

भक्तपुर । वरिष्ठ साहित्यकार तिलक प्रकाश कायष्ठ सम्मानित हुनुभएको छ ।
नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभामा उहाँलाई सम्मान गरिएको हो ।
हाल सम्म १४ पुस्तक प्रकाशित गरिसक्नु भएका उहाँलाई १४ वटा नै कलमले सम्मान गरिएको हो ।
संस्था स्थापना २०१० सालमा भएको । संस्थापक अध्यक्ष स्व.सूर्यवहादुर पिवा: यस्तै उपाध्यक्षमा तेजेश्वर बाबु गोङ्ग र सदस्य तिलक प्रकाश कायस्ष्ठ,स्व रामपति राज शर्मा, स्व.गोपाल कृष्ण हाडा, स्व. विष्णुचरण राय, स्व दामोदर प्रसाद रायले संस्था स्थापना गर्नुभएको थियो ।
संस्थापक मध्य हाल सम्म सक्रिय सदस्यमा कायष्ठ र गोङ्ग रहनुभएको छ ।
नेपाल साहित्य मन्दिरले संस्थापनको समय देखि हाल सम्म केदार मान बेथित, लक्ष्मी प्रसाद देवकोटा, शिद्दीचरण श्रेष्ष, हृदय चन्द्रसिंह प्रधान लगायत नेपाल तथा भारतका साहित्यकार सँग जोडिएर साहित्य सम्मेलन गरि सकेको छ ।
१३औं साधारणसभाका प्रमुख अतिथि नेपाल भाषा साहित्यकार योगेन्द्र प्रधान, अतिथिमा कृष्णलाल प्रधान, सभापति अगिप बनेपाली , मृिकलाल गोङ्ग, कृष्ण प्रपापति, जितेन्द्र रसिक, लगायत वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।