मिटरब्याज पीडितसँग सरकारको वार्ता सुरु

148

काठमाडौं । ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग सरकारले वार्ता सुरु गरेको छ । सरकारी वार्ता टोली र मिटरब्याज पीडितबीच बिहीबार सिंहदरबारमा वार्ता भएको हो । वार्ता सकारात्मक रहेको गृह मन्त्रालयका उपसचिव तथा सरकारी वार्ता टोलीका सदस्य दिलकुमार तामाङले बताए । वार्तामा पीडितका तर्फबाट नौबुँदे लिखित माग प्रस्तुत गरिएको थियो । ती मागका विषयमा एक÷एक बुँदामा छलफल सुरु भएको हो ।

‘वार्तामा सरकारले हालसम्म गरेको प्रयास’bout जानकारी गर्ने काम भयो । पीडितका माग पनि दफाबार छलफल भयो,’ उनले भने, ‘कानुन संशोधनको प्रक्रिया अघि बढेको कुरा पनि हामीले बताएका छौं ।’

मिटरब्याज पीडितले अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने माग राखेका छन् । छलफलका क्रममा उनीहरूले अदालतमा परेको मुद्दाका विषय समाधान गर्न पनि अधिकारसम्पन्न आयोगको माग गरेका थिए । मिटरब्याजीले बनाएको तमसुक खारेज गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।

सरकारको वार्ता टोलीको संयोजक गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा छिन् । मिटरब्याज पीडितका तर्फबाट बनेको संघर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा वार्ता भएको थियो ।

यसअघि सरकारले मिटरब्याजमा लगाउने कार्यलाई अपराध घोषणा हुनेगरी मुलुकी अपराधसंहितालाई संशोधन गर्ने निर्णय गरिसकेको छ ।राजधानीदैनिकबाट