स्थानीय उत्पादनको प्रयोग गरौँ भन्दै भक्तपुरमा आजदेखि घरेलु उत्पादन मेला

148

भक्तपुर । भक्तपुरमा आजदेखि घरेलु उत्पादन मेला हुँदै छ ।
स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धनको लागि भक्तपुरमा दुई दिने भक्तपुर घरेलु उत्पादन मेला हुन लागेको हो ।
मौलिक उत्पादन तथा घरेलु उत्पादनहरूको प्रदर्शनी, जीवन्त हस्तकला प्रदर्शनी, स्थानीय नेवारी खाना , सम्पदा यात्रा, परम्परागत नाच र दीपावलीका साथ भक्तपुरमा घरेलु उत्पादन मेला हुन लागेको हो ।
हाम्रा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा घरेलु उत्पादनको प्रयोग गरौँ देशमा नै रोजगारीको अवस्था सृजना  गराऊँ भन्ने अवधारणका साथ भक्तपुरमा घरेलु उत्पादन मेला हुन लागेको हो ।
भक्तपुर नगरपालिका भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा हुन लागेको यस मेलामा स्थानीय तर्फ जाऊँ अर्थात् गो लोकलको अवधारण प्रस्तुत गरिने छ ।
नेपाली आफूले आफ्नो उत्पादन प्रयोग गरे मात्र पनि देशको अर्थतन्त्र केही हद सम्म बलियो हुन्छ अझ स्थानीय उत्पादनलाई विदेशमा निर्यात गर्न सके नेपालको व्यापार घाटालाई कमी गराउँदै नेपाली र नेपालको आर्थिक व्यवस्था बलियो बनाउन सकिन्छ ।
आफ्ना मौलिक उत्पादन लाई नै हामीले प्राथमिकता दिनु पर्छ भन्ने अवधारणका साथ यस मेला हुन लागेको हो ।