कीर्तिपुुरमा निर्देशिका संशोधन हुँदै

34

काठमाडौं। कीर्तिपुर नगरपालिकाको कार्यसंचालन कार्यविधि निर्देशिका, २०७९ संसोधन हुने भएको छ ।

नगर कार्यपालिकाको १५ औं बैठकले वडा नं. ९ का वडाध्यक्ष दिनेश श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलबाट पेश हुन आएको कार्य संचालन निर्देशिका, २०७९को मस्यौदा संसोधनसहित स्वीकृत गर्ने निर्णय गरेको हो ।

उक्त कार्य सञ्चालन निर्देशिका संशोधन भएसँगै नगरपालिकाको काममा थप सहजता हुने नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको मिति २०७९/११/२८ प.स २०७९/२०८० च.नं. १४५४ को पत्रबाट यस कार्यालयमा सञ्चालित सामाजिक सुरक्षा भत्ता तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको म्याद २०८१ असार मसान्तसम्म थप भएको हुँदा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकलाई निरन्तरता दिन स्रोत अपुग भएकोले स्रोत साझेदारीमा आगामी आ.ब. २०८०/२०८१को लागि सेवा इकाइमा कार्यरत कर्मचारीहरुको १३ महिना ( चाडपर्व खर्च) मध्ये ६ महिना बराबरको पारिश्रमिक रकमको साझेदारी प्रतिवद्धतापत्रका लागि अनुरोध भई आएकोले सोही अनुसार साझेदारी प्रतिवद्धतापत्र पठाउने निर्णय गरिएको नगर पालिकाको वेइभसाइड मार्फतसार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।