म्यापल वियर क्यानेडियन प्रिस्कूलको आयोजनामा निःशुल्लक स्वाथ्य शिबिर

61

३५० जनाद्धारा स्वास्थ्य परीक्षण

भक्तपुर । अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको सन्दर्भमा भक्तपुरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । म्यापल वियर क्यानेडियन प्रिस्कूलले शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ३५० जनाले स्वास्थ्य परीक्षण गराएका हुन् ।
१५० जना बालबालिका र १५० अभिभावक गरी ३५० जनाले स्वास्थ्य परीक्षण गराएका अयोजक संस्थाले जनाएको छ ।
नाक, कान, घाँटी र दाँतको उहाँहरुले स्वास्थ्य परीक्षण गराएका म्यापल वियर क्यानेडियन प्रिस्कूल भक्तपुरका प्रमुख दीया भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैका लागि स्वास्थ्य भन्ने नारालाई सार्थक बनाउका लागि प्रिस्कूलले निःशुल्लक स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
स्वास्थ्य शिबिरसँगै एक दिने योगा शिबिर, अटिजम भएका व्यक्तिका लागि कसरी हेरचार गर्न सकिन्छ भन्ने सूचना केन्द्र स्टल, त्यस्तै फेस पेन्टिङ, स्थानीय बारा योमरी लगायतका स्थानीय खानेकुराको स्टल राखिएको थियो । उक्त पार्टन संस्थामा कमफोर्ट हेल्थ केयरले साझेदारी गरेको थियो । यो संस्थाले आगामी २०८० शैक्षिक सत्रदेखि नयाँ अध्ययन र अध्ययापन गर्ने भएको छ । संस्थाले पिजी, नर्सरी र एलकेजीको कक्षा सञ्चालन गर्ने जनाइएको छ ।