व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै चाँगुनारायण नगरपालिका

125

भक्तपुर । २०८० साल बैशाख १ देखि ७ सम्म देशैभरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुने भएको छ । सो सप्ताह भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि सञ्चालन हुने जनाइएको छ ।

चाँगुनारायण नगरपालिकामा पनि नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना अनुसार सप्ताह सञ्चालन हुने भएको छ ।
सप्ताहमा जन्म, मृत्यु, बसाईसराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता आफ्नो सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य घटना दर्ता गराउन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले व्यक्तिगत घटना दर्ता गराई सप्ताहलाई सफल पार्न नगरबासीमा आव्हान गरेको छ ।

विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नावालक परचियपत्र बनाउन, बैंकमा खाता खोल्न तथा सरकारले दिने अन्य सेवा लिन व्यक्तिग घटना दर्ता आवश्यक हुने भएका व्यक्तिगत घटना दर्ता अनिवार्य रहेको नगरपालिकाको पञ्जिकरण शाखाका अधिकृत सुनिल नेपालीले बताए ।