भक्तपुर । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आइतवार बिहान सात बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भएको हो।
चितवन २ मा भने त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो जसमा लामिछाने स्वयं समेत उम्मेदवार छन्।
कुल ६५ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको यस उपनिर्वाचनमा तनहुँ २ मा दलीय उम्मेदवारहरू मात्र छन् भने बाँकी दुईमा उल्लेख्य सङ्ख्यामा स्वतन्त्र उम्मेदवारहरू समेत प्रतिस्पर्धामा छन्।
उपनिर्वाचनका लागि भनेर सरकारले तीनवटै निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
मतदान साँझ पाँच बजेसम्म चल्नेछ। तर उक्त समयभित्र मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले त्यसपछि समेत मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।