तीन क्षेत्रको उपनिर्वाचन कति छन त मतदाता

32

भक्तपुर । तीन क्षेत्रमा भई रहेको उपनिर्वाचनमा कति मतदाता छन् भन्ने सवाल सबैको चासोको विषय हुन सक्छ ।
तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका क्षेत्रमा उपनिर्वाचनमा केही मतदाता बढेका छन्।

तनहुँको निर्वाचन क्षेत्रमा भने मतदान केही घटेका पाइन्छन्।

बारा क्षेत्र नम्वर २ मा १,०५,२४८ मतदाता रहेका छन् जसमा पहिलाको भन्दा थप २३७ रहेका छन् ।
यस्तै चितवन क्षेत्र नम्वर २ मा १,२४,६९५ मतदाता रहेका छन् जसमा पहिला भन्दा थप ४८० मतदाता बढेका छन् ।
तर तनहुँ क्षेत्र नम्वर १ मा १,२३,३०५ मतदाता रहेका छन् जुन पहिला भन्दा १३५ रहेको छ ।
आयोगका अनुसार यस उपनिर्वाचन १९४ मतदान स्थलका ४२७ मतदान केन्द्रमा मतदान भइरहेको छ।

मतदान अवधिभर समेत मौन अवधिकै नियम लागु हुने बताउँदै त्यसबिचमा प्रचारप्रसार गर्ने वा प्रलोभनमा पार्ने कुनै पनि काम गर्न नपाइने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
बारा २ मा ३४, तनहुँ १ मा ९ र चितवन २ मा २२ गरी कुल ६५ उम्मेदवार निर्वाचनमा सहभागी छन्।