राशीफल

441
२८ बैशाख २०७४, बिहिवार  ,प्रतिपदा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा बोलीको कदर हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोग मिल्नेछ । यात्रामा उल्झन आउने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्राविधिक कार्य सफल हुनेछन । राजनीतिक व्यस्तता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रम बढ्नेछ । दैनिक कार्यमा ढिलासुस्तीको सामना गर्नुपर्नेछ । रमाइलो यात्रा हुनेछ । साथीभाईसंग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्च वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता मिल्ने योग रहेको छ । पुराना समस्या दोहोरिन सक्छन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक कार्यमा रुची बढ्नेछ । सोचेको भन्दा आम्दानी धेरै हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । वैदेशिक रोजगार प्राप्त हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोजगारीको नयाँ अवसर मिल्नेछ । आध्यात्मिक कार्यमा मन जानेछ । दैनिक कार्यमा सन्तुष्टि मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी काममा रुची बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनाले मन खुसि रहनेछ । आर्थिक विवाद बढ्न सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक भम्रण हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । दाजुभाईसंग मनमुटाब हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तसँग विवाद बढ्नेछ । आकस्मिक धन लाभ हुन सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ । यात्रमा लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा लाभ हुनेछ । सामाजिक कार्यमा सक्रियता बढ्नेछ । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।