निर्वाचन आचार सँहिता उल्लंगन गरि गुण्डुमा सडक पिच

6937

भक्तपुर । निर्वाचनको पुर्व सन्धायमा गुण्डुमा निर्वाचन आचार संहिता नै उल्लंगन गरि बाटो पिच गर्ने कार्य गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा पुर्व उद्योग मन्त्री महेस वस्नेतको रोहवरमा नै उक्त कार्य भएको स्थानियले वताएका छन् । स्थानियका अनुसार निर्वाचनको मुखमा नै पुर्व गाविस अध्ययक्ष स मेत रहेका वस्नेतले एमालेको प्रभाव देखाउन पिच गराएको आरोप लगाएका छन् । निर्वाचन आचार सहिंताको परिक्षेद ३ मा स्पस्ट रुपमा उल्लेख गरिएको छ कि
नयाँ कार्यक्रम गर्न नहुने ः (१) नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रंोत साधनको परिचालन गर्न वा गराउन हुँदैन । (२) नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन । तर प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको परिस्थितिमा आयोग वा आयोगले तोकेको पदाधिकारीको अनुमति लिई कार्यक्रम गर्न सकिनेछ ।
भन्ने स्पस्ट रुपमा उल्लेख भएको भएपनि यसलाई अटेर गर्दै गुण्डुमा भने निर्वाचनको ३ दिन अगाडी प्रहरी प्रसासन र महेस वस्नेतको प्रत्यक्ष सहभागितामा पिच कार्य भई रहेको छ । किन यसरी निर्वाचन आचार संहिता नै उल्लंगन गरि पिच गरियो भनी सोध्धा वस्नेत यसो भन्छन् । भिडियो

बस्नेतका अनुसार यदि आचार संहिता उल्लंघन भएकै भए आयोगले यसको विषयमा जे गर्नु पर्ने हो गर्ने वताए ।
निर्वाचनको मुखमा नै एमालेको प्रभाव देखाउँदै पिच गरिएको प्रति नेपाली कांग्रेस , राप्रपा , नेपाल मजदुर किसान पार्टी लगाएतकाले विरोध गरेका छन् ।
यसरी नियम विपरित कार्य भएको भन्दै स्थानिय वासी दिपेन्द्र वुढाथोकी यसो भन्छन् ।

भिडियो


लामो समय सम्म सडक निर्माण एवं पिचको कार्य नगरि हाल निर्वाचनको मुखमा आएर पिच गर्नु आचार संहिता उल्लघन नै भएको उनले वताए ।
गुण्डुको उक्त सडक स्तर उन्नती एवं निर्माण कार्य महेश वस्नेत उद्योग मन्त्री हुँदा निर्णय भनेको भिआईपी सडक अन्तरगत पर्दछ ।
हाल निर्माण भई रहेको सडक निर्माण ब्यवसायी संघका अध्यक्ष निरञ्जन वजगाईको ठेक्का हो ।