कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

17

काठमाडौं  । चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ ।

चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवरमा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ ।

कोभिड माहामारीअगाडी मानसरोवर जाने पर्यटकका लागि चीनले प्रतिव्यक्ति ४ हजार १ सय नेपाली रुपैयाँ शुल्क लिने गरेको थियो ।

अहिले यसलाई बढाएर १३ हजार ६ सय ६० रुपैयाँ बनाइएको हो । यो २ सय ३३ प्रतिशतले बढि हो । यस्तै, भिषा समय पनि लामो बनाइएको छ । काठमाडौंमा रहेको चिनियाँ भिषा केन्द्रले बायोमेट्रिक लिएपछि मात्र भिषा जारी गर्ने गरेको छ । बायोमेट्रिक लिएपछि ३ देखि ५ दिनभित्रमा भिषा जारी गर्ने जयाँ व्यवस्था गरिएको हो । आजको कारोबार दैनिकबाट