चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा पुन मतगणना नहुने

152

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा पुन मतगणना गरी पाउँ भनी नेकपा एमालेका उम्मेदवारले दिएको उजुरी उपर उच्च अदालतले दाबी नपुग्ने भनी फैसला गर्दिएको छ ।

चाँगुनारायण न.पा. वडा नं.१ का वडा अध्यक्ष उपरको दाबी खारेज भएको हो । गत २०७९ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत चाँगुनारायण न.पा. वडा न १ का वडा अध्यक्ष सिजन कार्कीलाई विजयी घोषणा गरे उपर पुन मतगणना गरी पाउ भनी निर्वाचनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्री इश्वर थापाले उच्च अदालत पाटनमा दिनु भएको उजुरी पत्र आज दाबी नपुग्ने गरी खारेज भएको छ । यो फैसला सँगै श्री सिजन कार्की निर्वाचित भएको निर्वाचन परिणाम सदर भएको हो ।

उच्च अदालत पाटनका मा.न्यायाधीश श्री विपुल न्यौपाने र श्री नरीश्वर भण्डारीको इजलासले दुवै पक्षको बहस सुनी सो आदेश गरेको हो ।

गत निर्वाचनमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार श्री सिजन कार्कीले १२२५ र एमालेका उम्मेदवार श्री इश्रर थापाले १२१३ मत प्राप्त गर्नु भएको थियो ।मतगणनामा चित्त नबुझेको भनी थापाले दायर गर्नु भएको उजुरी निवेदन सम्मानित अदालतले खारेज गरी दिएको हो ।

चाँगुनारायण न.पा. वडा न.१ का वडा अध्यक्ष सिजन कार्कीका तर्फबाट अधिवक्ता एवं चाँगुनारायण न.पा. का कानुनी सल्लाहकार श्री किरण न्यौपाने, पूर्व महासचिव वरिष्ठ अधिवक्ता श्री सुनिल कुमार पोखरेल,अधिवक्ता श्री नन्दराज अधिकारी तथा अधिवक्ता श्री नवीन कार्कीले बहस पैरवी गर्नु भएको थियो ।