मोदीले भने: नेपाल ठूलो संकटमा, भयंकर यात्रा अझै बाँकी (भिडियो)

466

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

केही दिनअघि भारतमा भएको बुद्धपूर्णिमाको कार्यक्रमलार्इ सम्बोधन गर्दै बुद्धको जन्मभूमि नेपाल धेरै संकटबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।

‘हामी सबैको प्यारो नेपाल धेरै ठुलो संकटबाट गुज्रिरहेको छ, यो यात्रा धेरै भयंकर छ जसको कल्पना गर्न कठिन छ’, मोदीले भनेका छन्, ‘कति लामो समयसम्म यो कठिन यात्राबाट गुज्रिनुपर्छ त्यसको पनि टुंगो छैन ।’

बुद्धको जन्मभूमि नेपालको यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने पनि बताउँदै उनले गम्भीर संकेत गरेका छन् । मोदीले बुद्ध पूर्णिमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि गम्भीर टिप्पणी गरेका हुन् ।

भिडियो हेर्नुहोस्

मोदीले हिन्दी भाषामा सम्बोधन गरेको भिडियो समेत युटुवमा सार्वजनिक भएको छ । ३१ मिनेट ११ सेकेन्डको भिडियोको सुरुवातमै उनले नेपालबारे गरेको टिप्पणी सुन्न पाइन्छ ।

‘आज हामी यसरी एक ठाउँमा जम्मा भएका छौँ । यो त्रिकोण हो, त्रिवेणी हो । बुद्धले सम्बोधी प्राप्त गरेको दिनको सम्झनामा बुद्ध पूर्णिमा दिवस मनाउँदै छौँ’,  मोदीले भनेका छन्, ‘जुन धर्तिमा भगवान् बुद्धको जन्म भयो । उ हाम्रो प्यारो नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ । यो यात्रा कति भयंकर हुन्छ त्यसको कल्पना गर्न पनि कठिन छ ।’

मोदीले नेपाल अझै संकटबाट गुज्रनुपर्ने प्रष्ट संकेत गरेका छन् । ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुले यस यात्रासँग जुध्नु पर्ने हो, यसको समेत अन्दाज गर्न कठिन छ’, , मोदीले सम्बोधनका क्रममा भनेका छन्न्, ‘यद्यपि, भगवान् बुद्धले जो करुणाको सन्देश दिनु भएको छ । विश्वका मानव जातीका लागि त्यो करुणाको जिउने एक मौका हुनेछ ।’

मोदीले बुद्धको करूणाबाट नेपालका पीडित बन्धुहरूले दु:खबाट मुक्ति पाउने पनि जिकिर गरेका छन् । ‘त्यही करुणाबाट प्रेरित भई नेपालका पीडित बन्धुहरुका दुःख, दर्द बाडँनु छ । आँसु पुछ्नु छ । र, उनीहरुलाई समेत एक नयाँ शक्ति प्राप्त होस्’, उनले भनेका छन्, ‘यसका लागि पनि हामी आज भगवान् बुद्धको चरणमा परेर प्रार्थना गरिरहेका छौँ ।’

नेपालबारे मोदीको शंकास्पद र कडा टिप्पणी सार्वजनिक भएको केही दिनमै नेपालले चीनको वान बेल्ड वान रोड अवधारणामा हस्ताक्षर गरेको छ । दक्षिण एसियाबाट यो परियोजनामा हस्ताक्षर नगर्नेमा अब भारत र भुटान मात्रै रहेका छन् ।

मोदी नेतृत्वको भारत सरकारले चीनको वान बेल्ट वान रोड अवधारणामा नजोडिन नेपाललार्इ दबाब दिइरहेको थियो । शुक्रबार मात्रै नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरिसकेको छ ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनको तर्फबाट चिनियाँ राजदूत यु होङ्ले ओबीओआरको सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।