सामाजिक सन्जाल र मोबाइल एसएमएसबाट आचारसंहितामा व्यापक उल्लङघन

453

काठमाडौं, । मौन अवधी शुरु भएपनि स्थानीय तहका उम्मेदवारहरुले आचार संहिता उल्लङघन गरेको पाइएको छ । बिशेष गरि सामाजिक सञ्जाल फेसबुक र ट्वीटर र मोवाईल एसएमएसबाट  निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सचिब गोपी नाथ मैनालीले परेका उजुरीहरु माथी अनुसनधन गरि आयोगले उम्मेदवारलाई सचेत गराएको जानकारी दिनुभयो । निर्वाचन आयोगमा हालसम्म ७० वटा भन्दा धेरै निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी परेका छन् । मौन अवधिमा आचारसंहिता उल्लंघन गरे कडा भन्दा कडा कारबाही गर्ने जनाएको छ ।  मौन अवधिमा उम्मेद्धवारले आचारसंहिता विपरित चुनावी प्रचार गरिएको प्रमाणित भए उम्मेद्धवारको उम्मेद्धवारी नै रद्द गर्नेसम्मको कारबाही हुने सचिव मैनालीले जानकारी दिनुभयो ।