भक्तपुरमा नेमकिपाको चिन्ह नभएको मतपत्र

1386

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह मादल नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नम्वर ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको हो । नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह नै नभएको एक ठेली मतपत्र भेटिएको हो । एक ठेलीमा सय वटा मत पत्र हुन्छ ।
कोटमा केहि समय समस्या नै भएको स्थानियले जनाएका छन् । चाँगुनारायण नगरपालिका ६ वडा कार्यालयमा रहेको बुथमा एक ठेली नै मतपत्रमा नेमकिपाको चुनाव चिन्ह नभएको पाईएको चाँगुनारायण नगरपलिकाकी निर्वाचन अधिकृत रिन्जा डँगोलले जानकारी दिईन । उनका अनुसार लगभग २० को हाराहारीमा उक्त ठेली वाट पनि मतदान भई सकेको भएपनि पछि मात्र चिन्ह नभएको पत्ता लागेको वताईन । हाल उक्त मतपत्रलाई प्रयोग नगरि अरु नै मतपत्र चेक जाँच गरि प्रयोगमा ल्याईएको उनले जानकारी दिइन । उक्त वडामा २७ सय मतदाता रहेका छन् ।