अनौठे खेल : स्विडेनमा सेक्स प्रतियोगिताको धुमधाम तयारी

198

काठमाडौ । स्विडेन सेक्स अर्थात् यौन क्रियाकलापलाई खेलकुदको मान्यता दिने पहिलो राष्ट्र बनेको छ । यसक्रममा स्विडिस सेक्स फेडरेसनले पहिलो युरोपेली सेक्स च्याम्पियनसिपको तयारीसमेत गरेको छ ।

केही सातापछि हुने प्रतियोगितामा सेक्सको निम्ति एक दिनमा छ घण्टा प्रतिस्पर्धा हुने छ । सहभागीले यसवापत कम्तिमा ४५ मीनेटदेखि एक घण्टा बिताउनुपर्ने हुन्छ ।

प्रतियोगिताको निम्ति १६ वटा मापदण्ड तोकिएको छ । प्रतिस्पर्धीले शरीरका विभिन्न अंगको मसाज गर्नुपर्ने हुन्छ । विपरीत लिंगीको यौन अंगलाई विभिन्न तरिकाले उत्तेजित बनाएपछि यौन सम्बन्धको निम्ति प्रस्ताव गर्नुपर्ने नियम छ ।

प्रस्ताव स्वीकृतिपछि मुखले विभिन्न यौन उत्तेजनाको कार्य गर्ने अर्थात् ओरल सेक्स गर्ने,यौन उत्तेजनाको मूल्यांकन गर्ने,विभिन्न आसनमा आकर्षक तरिकाले यौन सम्बन्ध राख्दै उत्तेजित भइरहनुपर्ने तोकिएको मापदण्डका बुँदा हुन् ।

त्यस्तै यौन सम्बन्धको समयमा मुटुको धड्कन र ब्लड प्रेस बढ्नुपर्ने, निर्णायक मण्डल र दर्शकले निकै गाह्रो आसनमा यौन सम्बन्ध राख्न गरेको आग्रहलाई पनि पालना रा गर्न सक्नुपर्ने छ ।

सेक्स कम्पिटीसनमा कामसूत्रका विभिन्न तरिकाले यौन सम्बन्ध राख्दै  सन्तुष्ट हुने जोडीलाई निर्णायक मण्डलले १६ वटा आधारमा कम्तिमा ५ र बढीमा १० नम्बर दिनेछ । त्यसको निम्ति निर्णायक मण्डलमा १० जना सदस्य हुनेछन् ।

स्विडिस सेक्स फेडरेसनका सभापति ड्यागन ब्राटिक भन्छन्, ‘सेक्स स्पोर्टसमा परिणत भइसक्यो । सेक्सले पनि खेलकुदले झैँ व्यक्तिलाई मानसिक र शारीरिक आनन्द दिन्छ ।’ उनका अनुसार अरु खेलकुदभन्दा सेक्स स्पोर्टसमा एउटा पक्ष निकै फरक छ । ‘अन्य खेलकुदमा हार्ने खेलाडी दुःखी हुन्छ, यसमा भने सबै खुशी र दंग हुन्छन्,’ उनले भने ।