वनको डढेलो निभाउन वन मन्त्री जङ्गलमा 

620
वनमा डढेलो लगाउने स्थानीयलाई सम्झाउँदै वन मन्त्री मसिना खड्का भण्डारी

मकवानपुर । वनमा लगाएको डढेलो निभाउन वन मन्त्री आगलागी भएको स्थानमा नै पुग्नु भएको छ । बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारी वनमा लगाइएको डढेलो नियन्त्रण तथा वनमा डढेलो लगाउनेहरूलाई सम्झाउन वनमा नै पुग्नु भएको हो ।

मकवानपुर गढी ११ मा वनमा आगो लगाउँदै गरेकाहरूलाई सम्झाउन वन मन्त्री आफै गढीको वनमा पुग्नु भएको थियो ।

उहाँले स्थानीयले लगाउँदै गरेको आगो नियन्त्रण गर्न लगाई वनमा आगो लगाउनु अपराध भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्टै हाम्रो स्वास्थ्य तथा राष्ट्रको सम्पत्ति नास हुने बताउनुभयो ।

वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने भन्दै स्थानीयले वनमा डढेलो लगाउने गरेको बताए । उनीहरूलाई सम्झाउँदै वनमा आगो लगाउँदैमा नयाँ र राम्रो घाँस पलाउने नभएर वनमा भएका किट पत्तगं लगायत साना चरा जलचर अनि ठुला रुख नै विनाश हुने र यसले पर्यावरणमा विनाश पुञ्याउनुका साथै जलवायु मा ठुलो असर पर्ने समेत मन्त्री खड्काले स्थानीयलाई सम्झाउनु भएको थियो ।

वातावरण दिवसका अवसरमा वन जोगाऊँ हरियाली बढाऊँ भन्ने नाराका साथ हरियाली प्रवर्द्धन गर्नुको सट्टा भएको जङ्गलमा आगो लगाउनु अवान्छनिय भएको उहाँले बताउनुभयो ।