मुकुण्डो बनाउने तालिम दिँदै हस्तकला संघ

76

भक्तपुर । नेपाल हस्तकला महासंघको सहयोग र भक्तपुर हस्तकला संघको आयोजनामा १२ दिने मुकुण्डो बनाउने तालिम बुधबारदेखि शुरु भएको छ ।

उक्त तालिम कार्यक्रमका प्रमुख अतिथि नेपाल हस्तकला महासंघका केन्द्रीय सदस्य एवं भक्तपुर हस्तकला संघका निर्वतमान अध्यक्ष गणेशमान राजचलले उद्घाटन गरेको थियो ।

प्रमुख अतिथि राजचलले हरेक व्यक्तिलाई जीवनयापन गर्नको लागि कुनै न कुनै सिप सिक्नु अनिवार्य रहेको बताए ।

सीप सिकेका व्यक्तिहरू कहिले पनि भोकै रहँदैन । त्यसकारण उनले सीप सिकी आत्मनिर्भर बन्न अभिप्ररित गरे ।

प्रशिक्षार्थीहरूलाई लगनशीलका साथ प्रशिक्षण लिई एउटा प्रतिष्ठित कलाकार बन्न सकास् भनी शुभकामना दिए ।

भक्तपुर हस्तकला संघका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका कोषाध्यक्ष एवं प्रशिक्षक सागर चित्रकारले स्वागत गरेको थियो भने संघका सचिव राजेन्द्र नापितले कार्यक्रम सञ्चालन गरेको थियो ।

उक्त १२ दिने मुकुण्डो बनाउने तालिममा १५ जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी संघका सचिव