सहकारीको नाम मिल्दा त्यस्तै नामका सहकारीलाई सकस 

136

 

काभ्रे । सहकारीको नाम मिल्दा श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेडलाई निल्नु न ओकल्नु भएको छ ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्वर १० मा रहेको श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेडलाई अर्को सहकारी पशुपति बचत तथा ऋण सहकारी लिमिटेडको नाम मिल्न जाँदाका कारण समस्या परेको हो ।

काठमाडौँको डिल्लीबजारमा कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी लिमिटेड कालो सुचीमा  पर्दा त्यस्तै नाम मिल्ने श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेड बनेपालाई समेत असर परेको छ ।

श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेड बनेपामा दिनहुँ जसो सेवाग्राही आफ्नो बचत रकम फिर्ता लिन आउने र उक्त संस्थाले बचत रकम फिर्ता गर्दा गर्दै पनि दिनहुँ जो सेवा ग्राहीको भिड लाग्ने गरेको छ । जसको असर श्री पशुपति तथा बचतलाई समेत परेको छ ।

समाचार तयार गर्ने क्रममा उक्त सहकारी संस्थाको फोनमा सम्पर्क गर्दा कर्मचारीले फोन उठाई दिनहुँ जसो बचत कर्ता पैसा लिन आउने हामीले बचत रकम फिर्ता गर्दै आई रहेको र यस्तै अवस्थाले बजारमा आर्थिक मन्दी हुने हो भने सम्पूर्ण वित्तीय संस्थामा नै असर पर्न जाने नाम उल्लेख नगर्ने सर्तमा सहकारकर्मीले बताएका छन् ।

पशुपति बचत तथा ऋण सहकारी लिमिटेड डिल्लीबजार, कुमारी पाटी , सूर्य विनायक लगायतका स्थानमा रहेको सहकारीले आफ्नो बचत कर्ताको रकम फिर्ता गर्न नसकेको हो । यसको असर आफूहरूलाई पनि परेको श्री पशुपति बचत तथा ऋण सहकारी लिमिटेड बनेपा १० काभ्रेले जनाएको छ ।

सहकारी विभागले एकै नाम मिल्ने सहकारी दर्ता गरिदिँदा एकले फटाई गर्दा अर्को सहकारीलाई पनि असर पर्ने गरेको छ ।