दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।
२०८० साउन १८ गते बिहीबार राति वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलेले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् ।
पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पु¥याएको छ । सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।