काजका कर्मचारीलाई तलब भुक्तानी दिइए हाकिमबाटै असुल उपर गरिने

59

काठमाडौं । दरबन्दी दुर्गममा राखेर सुगममा कार्यरत कर्मचारीको विगबिगी छ । यस्तो विकृती रोक्नका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक पत्राचार समेत गरिसकेको छ । तर पनि कतिपय हाकिमहरुले काजकै कर्मचारी च्यापेको देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा कार्यरत कर्मचारीहरुलाई तलब भत्ता भुक्तानी दिइएको भेटिए हाकिमहरुकै तलबबाट असुल उपर गरिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले काजमा खटाइएका कर्मचारीहरुलाई तलब भुक्तानी दिइएको खण्डमा सम्बन्धित कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुल उपर गरिने बताइएको छ ।
मन्त्रालयले यस अघि नै पटक पटक पत्राचार गर्दै काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दी भएकै निकायमा फर्कन परिपत्र गरिसकेको छ । यस अघि नै स्वास्थ्य सेवा विभागले काजमा कार्यरत कर्मचारीलाई फिर्ता नपठाएर हाजिर गर्न दिने र तलब भुक्तानी गर्ने कार्यलय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट उक्त रकम असुलउपर गर्न लेखापरीक्षण गर्ने निकायलाई अनुरोध भएको पत्रमा उल्लेख गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासनले मन्त्रालयले २७ बैशाखमै गरेको परिपत्रमा टेकेर स्वास्थ्य मन्त्रीको असार १७ र २५ निर्णयअनुसार काज फिर्ता सम्बन्धि जारी भएको पत्र र यसअघि १७ र २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै दोहोरो सहमति लिएर कामकाज गरिरहेका स्वास्थ्यका कर्मचारीलाई आफ्नो दरबन्दी रहेको स्थानमा फर्किन निर्देशन दिएको थियो । त्यसरी काजमा बसेका कर्मचारीहरुलाई विदा, काज, पेश्की, इन्धन उपलब्ध नगराउने, हाजिरीसमेत बन्द गर्ने गरी निर्णय भएको विभागको परिपत्रमा छ ।
यदी विभागको परिपत्रमा यो निर्णय कार्यन्वयन नगर्नेरनगराउने कर्मचारीलाई विभागीय सजाय सम्बन्धि कारवाही अगाडि बढाउने जनाइएको छ ।इकर्मचारीको सहयोगमा