करेन्ट लागेर बालकोटमा ६१ वर्षिया गौतमको मृत्यु

105

भक्तपुर । करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

सुर्यबिनायक नगरपालिका वडा नं. ४ बालकोट पानी ट्याङ्की नजिक लोकनाथ लुइटेलको घरमा डेरा गरी बस्ने  काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका वडा नं. ५ स्थायी वतन भएकी बर्ष ६१ की डुलमाया गौतमले भुँई तलामा गई मेशिनबाट पानी तान्ने क्रममा एक्कासी करेन्ट लागि गम्भिर घाईते.भएकी थिईन ।

घाइते  गौतमलाई छोरा सुमन गौतमले देखि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा विहान ०६:५० बजे  अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।